२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रियसभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो प्रश्ताव प्रश्तुत गर्नुभएको हो । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उहाँलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढंगानाको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मैले उहाँलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पेश गरेको छु । उहाँ लामोसमयदेखि संघर्ष गरेको व्यक्ति हुनुहुन्छ । उहाँले आफनो जीवनको विद्यार्थी कालदेखि नै २०२४ सालदेखि उहाँले आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभयो । अनवरत अहिलेसम्म संघर्षरत नै हुनुहुन्छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने बेलासम्म उहाँले यो राजनीतिक परिस्थितिमा आफूलाई उभ्याई राख्नुभयो । हेरि सक्नुभयो, संघर्ष गरिराख्नु भयो ।’

‘जसका कारण नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशन चितवनमा भएको थियो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा अध्यक्ष भएको बेला नेविसंघको उपाध्याक्ष भएर पनि काम गर्नु भयो । विभिन्न चरणमा जेल जीवन पनि बिताउनु भयो । तसर्थ, उहाँ २०४५ सालको बाँके जिल्लाको सभापति हुुनु भयो । र आज उहाँ राष्ट्रिय सभा अध्यक्षको रुपमा हाम्रा अगाडि मैले उहाँलाई प्रश्ताव गरेको छु । हुन त देशको राजनीतिको बारेमा पनि केही न केही कुरा राख्नुपर्छ जस्तो मलाइ लाग्छ । म यसअघि प्रतिनिधिसभामा धेरैपल्ट आएको हुँ । राष्ट्रिय सभाको अनुभव मलाई थिएन ।’

केहीबेर पछि बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।