२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उमेर पुगेपछि बिहे गर्ने सम्मानित



अ+ अ-

डोटी । जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको सो वडाका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिनुभयो । बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो । “नवविवाहित दम्पतीको हामी माइती परेकाले गाडी भाडास्वरूप रु चार हजार एक सय २५ पनि दियौँ”, उहाँले भन्नुभयो ।

दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ । उहाँले भन्नुभयो, “यो कार्यक्रम सुरु भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौँ ।”

वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन् । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताउनुभयो । मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ ।