![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2024/02/sunita-dongel.jpg)
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौंको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहिन भइसकेका भ्याक्सिनहरु विक्रि गर्ने गरेको पाइएको उल्लेख गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उहाँले सचेत पनि गराउनु भयो । बिक्रेताहरुले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उहाँको भनाई थियो ।
नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले मान्छेको स्वास्थ्यको माथि गम्भिर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि सबै औषधि विक्रेताहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसायी अघि बढाउन पनि औषधि विक्रेताहरुलाई अनुरोध गर्नुभयो । त्यसका लागि महानगरपालिकाकाले औषधि व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपमेयर डंगोलले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले अस्पतालको साथसाथै औषधिको पनि हामीले फार्मेसीहरुको पनि अनुगमन गरिरहेका छौं । र, फार्मेसीमा अनुगमन गरिराख्दाखेरी अहिले पाइएको रिफ्लेक्शन चाहीँ के रहेको छ भने त्यो निकै खुशी लाग्दो चाहीँ छैन् डरलाग्दो छ । अनुगमन सकिएर रिपोर्टिङहरु हेर्न थालिसकेपछि २ हप्ताको रिर्पोट हेरिसकेपछि तर्सिने अवस्था देखिएको छ । त्यो तर्सिने अवस्था के छ भने धेरै फार्मेसीहरुमा डेट एक्पाएर औषधि बेचिराख्नु भएको छ । धेरै फार्मेसीमा त्यसको लाईसेन्स लिने व्यक्ति एक जना, औषधि दिने मान्छे अर्को । औषधि दिनका लागि भनेर पढने व्यक्ति एकजना, अनि अर्को मान्छेले दिँदाखेरी गलत औषधि दिइयो भने त्यसको रिजल्ट के हुन्छ होला ? सबै जनाले डेट हेर्न जान्छ भन्ने छैन ।
डेट एक्सपायर औषधि बेचिराख्दाखेरी त्यसले पु¥याउने हानी, क्षतिको जिम्मेवारी कसले लिने ? र यो मात्रै नभएर अर्को निकै कहाली लाग्दो के भेटियो भने थुप्र्रै फार्मेसी, पोलिक्निकहरुमा पनि जहाँ भ्याक्सिन दिनुहुन्छ । भ्याक्सिन दिने बित्तिकै हामीलाई जस्तो कुकुरले टोक्यो भने हामी रेविजको सुई लगाउन जान्छौं । र रेविजको सुई जस्तै विभिन्न भ्याक्सिन चाहीँ स्टोर गर्दाखेरी एउटा टेम्प्रेचर नमिलाउने, अर्को बिग्रेको फ्रिजरमा भ्याक्सिनलाई स्टोर गरिरहेको पनि हामीले भेटयौं । त्यहाँ जाने बिरामीलाई थाहा हुँदैन स्टोर कसरी गरेको छ भनेर । त्यो भ्याक्सिन कसरी लिईन्छ त भन्दाखेरी अव मलाई ठिक हुन्छ भनेर भ्याक्सिन लिइन्छ नि । तर फ्रिजरमा नराखेको, टेम्प्रेचर मेन्टेन नगरिएको भ्याक्सिनको पोटेन्सियल त घटि सकेको हुन्छ । त्यसको इफेक्टिभनेश जिरोमा पुगिसकेको रहेछ भने त्यसबाट पुग्ने क्षतिको जिम्मेवारी कसले लिने ?
यो निकै महत्वपूर्ण पाटोहरु हामीले देखेका छौं । र यसमा भनेको अरु कुरामा भनेको हामीले ल अर्को पटक सुधार गर्नुहोला भनेर मौका दिन सकिन्छ होला । तर जब स्वास्थ्य र जीवनसँग जोडिएको हुन्छ । त्यहाँ सेकेन्ड चान्स हुँदैन, त्यहाँ कुनै मौका दिईदैन । काठमाडौं महानगरपालिकाकाले थुप्रै फार्मेसीहरु बन्द गर्नुप¥यो । यस्तो खालको रिर्पोट भेटिएकै कारणले गर्दा । थुप्रै फार्मेसी, पोलिक्लिनिकहरुलाई हामीले के गर्नु प¥यो त भन्दाखेरी जरिवाना, दण्ड पनि दिनुप¥यो । जुन महानगरपालिकाको इच्छा होइन । अनुगमनमा जाँदाखेरी सबैको राम्रो छ भन्ने रिर्पोट देख्यौ भने बल्ल हाम्रो महानगरबासी, यहाँ सिटीमा बस्न सबै जना सुरक्षित हुनुहुन्छ भनेर हामीले भन्न सक्छौं । हामी सबैले परिकल्पना गरेको पनि त्यही नै हो ।
यो सुरक्षित आवास गर्नका लागि यहाँहरु सबै जनालाई सहकार्य गरिदिन हुन अनुरोध गर्न चाहन्छौं । अरु कुरामा सेकेन्ड चान्स हुन्छ, लाईभमा सेकेन्ड चान्स हुँदैन । त्यसकारण यस्तो सेन्सेटिभ कुरामा यो व्यवसायी संघले ध्यान अगाडि बढाओस भन्ने पनि हामीले अपेक्षा राखेका छौं । र यहाँहरुलाई अनुरोध गर्न चाहन्छु–यसमा सहकार्य गर्नका लागि महानगरपालिका र यहाँहरुले पनि केही सल्लाह, सुझाव र सहकार्य गर्नका लागि यो संघ हुनुपर्छ । किनभने संघ, संस्था बन्ने भनेको यस्तै विभिन्न इस्यूहरुलाई, यस्ता समस्याहरुलाई समाधान गर्नका लागि पनि हो । र ती समाधान गर्नका लागि हातेमालो गर्न चाहनुहुन्छ भने हामी एकदमै खुला छौं । हामी एकदमै ओपन छौं । यहाँहरुसँगको सहकार्य र फिडब्याकको लागि । त्यसको लागि पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । आगामी दिनमा मिलेर काम गरौं । तर उपभोक्ता पहिलो हो है, व्यवसाय पछि । पहिला उपभोक्ताको सुरक्षालाई चाँही हामीले ध्यान दिनु पर्दछ । र, हरेक औषधि पसलमा किनेको औषधि, लगाइएको भ्याक्सिनबाट म निर्धक्कका साथ लगाउन सक्छु भ्याक्सिन, औषधि किन्न सक्छु, विश्वास गर्न सक्छु भन्ने वातावरण बनाउने व्यवसायी संघको पनि मुख्य दायित्व हो, हुनुपर्छ । र यसमा पनि यहाँहरुको ध्यान जाओस भन्ने पनि अनुरोध गर्न चाहन्छु ।
हामी सुधारमुखि हुनै पर्छ । र सुधारमुखि हुनका लागि समस्याको पहिचान हुनै पर्छ । र, समस्याको पहिचान भएको छ । र सुधार गर्नका लागि पनि सकारात्मक भईदिन पनि म अनुरोध गर्न चाहन्छु । यो कसैलाई नराम्रो भन्न र गर्नका लागि होइन, यो सबैलाई राम्रो गर्नका लागि, भन्नका लागि हो । किनभने त्यही भ्याक्सिन, त्यही औषधि आफ्नै परिवारका सदस्यले पनि खानुहुन्छ, लिनुहुन्छ । लिनु हुन्न भन्ने कुरा त हामी भन्न सक्दैनौं नि । त्यसकारणले गर्दाखेरी यो कुरालाई पोजेटिभ रुपमा लिई दिनुहोला । र मनन गरिदिनु होला पनि भन्न चाहन्छु । र सहकार्य गरेर चाँही हामीले औषधि व्यवसायीहरुलाई विश्वास गर्ने वातावरण बनाऔं पनि भन्न चाहन्छु ।’
उपमेयर डंगोलले औषधि व्यवसायलाई विश्वास गर्ने वातावरण निर्माणमा पनि सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।