२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते



अ+ अ-

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई घाइते भएका छन् ।

सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ ।

पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।