२४ माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन् ।

प्रहरीका अनुसार फागुन २३ गते नारायणगढबाट वीरगञ्ज आएको यात्रुवाहक बसमा सवार यात्रु बाराको आदर्श कोतवाल गाउँपालिका–८ का उपेन्द्र मुखियालाई साहले नशालु पदार्थ मिसाइएको मिठाई र बिस्कुट खुवाएर बेहोस पारेका थिए । मुखिया बेहोस भएपछि उनको साथमा रहेको नगद ४१ हजार ५०० रुपैयाँ र १ थान मोबाइल लुटेर साह वीरगन्जको नयाँ बसपार्कबाट फरार भएका थिए ।

साहलाई बेहोस पारेर लुटिएको खबर पाएको प्रहरीले खोजतलास गर्ने क्रममा साहलाई बसपार्कस्थित भानुचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट लुटपाट गरिएकोमध्ये ३७ हजार ४१० रुपैयाँ र १ थान मोबाइल बरामद पनि गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिनको म्याद लिई अनुसन्धान थालिएको छ ।