
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो ।
सत्ताबाट बाहिरिएपछि काँग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।
सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।
तस्बिर: प्रदीप राज वन्त रासस