एजेन्सी । भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको बिहेले माहोल तातिएको छ । जामनगरमा अनन्त र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा भारतीय सञ्चारमाध्यमदेखि बलिउड सेलेब्रेटी, व्यवसायी, नेता, क्रिकेटर रराजनीतिज्ञहरू पनि आमन्त्रित छन् ।
अनन्तको प्रि–वेडिङ समारोहमा चर्चित विदेशीहरू सहभागी हुन आएका छन् । बिल गेट्स, मेलिन्डा गेट्स, मार्क जकरवर्ग, उनकी पत्नी प्रिसिला चान, रिहाना लगायतको उपस्थिति रहेको छ ।
यसैबीच तीन दिने प्रि–वेडिङ सेरोमनीको दोस्रो दिनको एक रोचक भिडिओले अहिले सामाजिक सञ्चालहरूमा चर्चा पाइरहेको छ । प्रि-वेडिङको दोस्रो दिन जंगल थिम मा जंगलको झल्को दिन लुगा लगाएर पाहुनाहरू उपस्थित भएका थिए ।
यसैबीच फेसबुकका संस्थापक मार्क जकरवर्ग र उनकी पत्नी प्रिसिलाको अनन्तसँग कुराकानी अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । भिडिओमा मार्क र प्रिसिला अनन्तको हातको घडी देखेर दंग देखिन्छन् । घडी हेर्दै प्रिसिलाले ‘यो घडी एकदमै राम्रो छ, कूल छ’ भन्छिन् । त्यसमै मार्कले भन्छन्, ‘हो नि, मैले उसलाई यो कुरा अघि भनिसकेँ। मलाई कहिल्यै घडी लाउन त मन लागेन। तर यो देखेपछि घडीहरू कूल हुने रहेनछन् भन्ने मलाई लागेको छ।’ अनन्तले हाँस्दै आफ्नो यो घडी ‘युनिक’ भएको बताउँछन् ।
अनन्तले लगाएका उक्त घडी ‘रिचर्ड मिल’ ब्रान्डको रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यो घडीको दाम १८ करोड भारू भएको अनुमान गरिएको छ।
१ मार्चदेखि ३ मार्चसम्म अनन्त र राधिकाको प्रि-वेडिङ समारोह राखिएको थियो। समारोहमा रिहानासहित शाहरूख खान, सलमान खान र आमिर खानले प्रस्तुति दिएका थिए ।
Mark Zuckerberg reaction on anant Ambanis watch 🔥😂#AmbaniWedding #MukeshAmbani #AnantAmbanipic.twitter.com/A7F9p5VyxV
— Ajay 🇮🇳 (@coruptajxy) March 3, 2024