
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवासमा पुग्नु भएको छ ।
केही बेर राष्ट्रपति भवन शीतल निवास पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेट्न पुग्नु भएको हो ।
प्रधानमन्त्रीले नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनु हुने बुझिएको छ ।