२२ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण



फाईल फोटो
अ+ अ-

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो ।

समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारीदिनुभयो । जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरीएको छ । उपभोक्ता समितिद्वारा स्थानीयस्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिनुभयो ।

उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताउनुभयो । एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् । रासस