२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोदालो प्रहार गरेर श्रीमतीको हत्या



अ+ अ-

कमलामाई । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।

घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ । रासस