६ बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टको असन्तुष्टि,राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णय



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट जनाउनु भएको छ ।

मंगलबार बसेको माओबादी को स्थायी समितिको बैठकले भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हटाउने निर्णय गरेको थियो भने यसअ अघि संसदीय दलको नेताबाट हटाउने निर्णयलाई समेत अनुमोदन गरेको थियो । भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति रहेको प्रचण्डलाई चार बुँदे पत्र लेख्नु भएको छ ।

पत्रमा भनिएको छ -स्थायी समिति बैठकवाट जुन निर्णय पारित भयो यसले सुदूरपश्चिमको पार्टीभित्र देखा परेको अराजकतालाई निरूत्साहित गर्छ वा प्रोत्साहन? यो निर्णयले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ?

भट्टले स्थायी समितिको निर्णयले राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रूपमा बुझेको पनि जनाउनु भएको छ ।