
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसदीय सिमितिको छलफलमा सहभागी हुन लाग्नुभएको छ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुन लाग्नुभएको हो । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएको विषयहरूमा हालसम्मको अवस्थाकाबारेमा जानकारी लिने कार्यसूची छ रहेको समितिको सचिवालयले जनाएको छ ।