१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, क–कसले दिन पाउँछन् ?



अ+ अ-

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि अर्थमन्त्रालयले गठन गरेको सिफारिस समितिले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने समय १५ दिन दिइएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त दिन कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । यसैगरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुनको क्षेत्रमा कम्तिमा ७ वर्ष काम गरेको लब्धप्रतिष्ठित व्यक्त हुनुपर्ने छ । ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यसअघि अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि जारी गरेको थियो ।
कार्यविधिमा बोर्डको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनेपर्ने योग्यता तोकिएको थियो । साथै, आवेदक नेपालको नागरिक र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।

उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णाङ्कलाई विभिन्न अंक भारमा विभाजन गरिएको छ । जसमा व्यावसायिक कार्ययोजनाको अंक भार ४०, शैक्षिक योग्यताको १२, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको १८ र अन्तर्वार्ताको ३० गरी १०० पूर्णाङ्कमा मूल्यांकन हुनेछ ।