२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै



अ+ अ-

काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।

बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् ।

एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियन र चालकसम्मले कात्तिकसम्मको भत्ता लिइसकेका छन् । मन्त्रालयमा बस्नेहरूले कोभिड भत्ता भन्दै तलब सुरु स्केलको ५० प्रतिशत भत्ता लिएका हुन् ।

कसले कति बुझे ?
लक्ष्मण अर्याल (सचिव) – १,३१,०८९
यादवप्रसाद कोइराला (सचिव) – ५५,०२५
डा। दीपेन्द्ररमण रेग्मी (महानिर्देशक) – ५७,४५३
डा। रोशन पोखरेल (प्रमुख विशेषज्ञ) – १,६३,४५७
महेन्द्रप्रसाद श्रेष्ठ (प्रमुख विशेषज्ञ) – ४४,५०६
दामोदर रेग्मी (सहसचिव) – ३९,७९०
शैलजा रेग्मी भट्टराई (सहसचिव) – १,४६,८५४
रघुराम विष्ट (सहसचिव) – १,११,०३५
डा. विकास देवकोटा (प्रमुख अस्पताल प्रशासक) – १,५०,४८०
डा. गुणराज लोहनी (प्रमुख स्वास्थ्य प्रशासक) – १,५५,२०४
मदनकुमार उपाध्याय (प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट) – ३५,०८९
रीता भण्डारी जोशी (प्रमुख जनस्वास्थ्य प्रशासक) – ३०,३६६
डा. जागेश्वर गौतम (प्रवक्ता) – १,०३,२४४

आजको कान्तिपुर दैनिकमा समाचार छ ।