तनहुँ । ४२ औं राष्ट्रिय मगर एकता दिवस फागुन १५ गते देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सोही दिवसको अवसर पारेर तनहुँ जिल्लाको भिमाद नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
नगरको फागुन १० गते बसेको बैठकले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी दिए ।
भिमाद नगपालिकामा मगर समुदायको बाहुल्यता रहेको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले गत बर्षदेखि नै सार्वजनिक बिदा दिँइदै आएको छ ।