२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अख्तियारले डामेकादेखि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्ने सबैलाई घर पठाइदिऔं: गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै थापाले यही पाराले संसद् चल्न नसक्ने भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरे ।

उनले भने ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायामा पर्ने भयो । अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’

थापाले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । उनले भने, ‘सहकारी ठग्ने, दुई चारथान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाइदिऔँ। यति गर्न सके के होला ? निर्दोष भए फर्केर आउनुहोला । फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नुहोला ।’