६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अहिलेको युद्ध हामीले जित्नु छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको युद्ध हामीले जित्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताएका हुन् । 

उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

प्रचण्डले आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।

प्रचण्डले भने, ‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।’