६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एक पटक सुर्य चिन्हबाट नलडेका प्रचण्डले कसरी पाउन्छन् सूर्य चिन्ह : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताए छन् । आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं ओलीले प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको चिन्ह आफुले पाउने बताएका हुन् । 

प्रधनमन्त्री ओलीले २०४८ सालदेखि आफुँ सूर्य चिन्हमा चुनाव लड्दै आएको बताए।

प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका हुन् । 

‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयो ?,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छ ?’ 

पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको ओलीको भनाइ छ।

‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छ ? कुनै संभावना छ प्रधानमन्त्री हुनेरु एकभन्दा पनि तलतल प्रतिशत छैन उहाँहरूको संभावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’