२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमाले झन् आक्रामक बन्ने



अ+ अ-

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्का नियमित कार्यक्रमबाहेक कडा रुपमा प्रस्तुत हुने तयारीमा छ । एमाले आज संसद्मा सरकारविरुद्ध चर्को आवाज उठाउने तयारी गरेको हो ।

केन्द्रीय कमिटीको हिजासको बैठकले टेरामक्स प्रकरणमा मुछिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्ने निर्णय गरेको थियो । संसद्को आजको बैठकमा तिनै विषय उठाएर विरोध गर्ने तयारी एमालेको छ ।

केन्द्रीय कमिटीको समापन बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादित मन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।