१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महिला लघुवित्तले शुक्रबार आइपीओ बाँडफाँड गर्दै



अ+ अ-

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले  शुक्रबार आइपीओ बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार (फागुन १४ गते) आइपीओ बाँडफाँट गर्ने तयारी भएको हो ।  

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख  १८२ जनाले भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । सेयर बाँडफाँट गोलाप्रथाबाट हुने भएको छ । 

यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ३६ हजार ६८२ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा खुला गरेको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो । 

त्यस्तै ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।