१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेपनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले अनुसन्धान, प्रश्तुतीमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताउनु भयो । उहाँले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उहाँले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भत्र्सनासमेत गर्नुभयो । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत कार्तिक महिनादेखि त्रिभूवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर अघि बढाउनुभयो । यो प्रक्रियामा स्वच्छ, स्वस्थ, प्रतिष्पर्धी र पारदर्शी केही पनि थिएन । अनुसन्धान, प्रश्तुतीमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राखेर अन्तर्वार्ता कसले लिने भन्दा शिक्षामन्त्री र शिक्षा सचिवले । अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने अन्तर्वाता कसले लिन्छ भन्दा उपप्राध्यापकले । यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मानिसलाई विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ । यसको निन्दा गर्दछु । भत्र्सना गर्दछु र यो प्रक्रिया तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस् । यस्तै अवस्था पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि छ । यतातिर पनि ध्यान जाओस् ।’

उहाँले पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिवीको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।