२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मृतकको डिम्याट खाताबाट आईपीओ



अ+ अ-

काठमाडौं । गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए । 

तर उनको डिम्याट खातामा मृत्युपछि निस्कासन भएका प्राथमिक सेयर (आईपीओ) पनि थिए । मर्चेन्टका कर्मचारीले मृत्यु भएको र आईपीओ निष्कासनको मिति दाँजेर हेर्दा पत्ता लाग्यो । ती व्यक्तिले श्रीमतीको मृत्युपछि पनि मृतककै खाताबाट –मेरो सेयर मार्फत सेयर भर्दै आएका रहेछन् । 

चार महिनाअघि सेयर नामसारीकै लागि अर्का एक व्यक्ति सेयर रजिस्टार कार्यालय पुगे । ती व्यक्ति डेढ वर्षअघि मृत्यु भएका बुवाको नाममा रहेको सेयर आफ्नो नाममा नामसारीका लागि आएका थिए । बुवाको मृत्युपछि पनि ती व्यक्तिले मृतकको नाममा सेयरमा लगानी गर्दै आएका रहेछन् । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।