२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा विस्तार गर्ने



अ+ अ-

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ । खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठवटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्रीय स्तरको एक र सातवटै प्रदेशमा एक–एकवटा खोप भण्डार गृह स्थापना कार्य अगाडि बढाइएको हो ।

मन्त्रालयको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले सबै नेपालीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन खोपको सुरक्षित एवं उचित व्यवस्थापन गर्ने उद्देश्यले भण्डारण बनाउन थालिएको जानकारी दिए । केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डार गृह स्थापना गर्ने काम सुरु भइसकेको जानकारी दिँदै उनले भने, “अबको दुई महिनाभित्र भण्डारण केन्द्र स्थापना कार्य सम्पन्न हुनेछन् ।”

एउटा केन्द्रको निर्माण लागत एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल लागत नौ करोड ६० लाख रुपियाँमा केन्द्र स्थापना हुन लागेको उनले जानकारी दिए । तत्कालका लागि कोरोना खोप भण्डारण गरी सबै क्षेत्रमा सहज वितरण गर्ने लक्ष्य सरकारको भए पनि यी केन्द्र पछि अन्य खोप भण्डारणमा प्रयोग हुनेछन् । गोरखापत्र दैनिकमा समाचार छ ।