२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१४ वर्षीय किशोरमाथि एकै दिन चार बालिका बलात्कारको आरोप लागेपछी



अ+ अ-

बर्दिया । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।