![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2022/03/arrest-123_ADSaFngHT0-copy.png)
हेटौंडा । मकवानपुरकी एक बालिका बलात्कारको आरोपम पूर्व माओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।
फागुन ४ गते एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा सिन्धुली मरिन गाउँपालिका–७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई पहिलो पटक म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ । जनयुद्धको समयमा ‘प्रमोद’ नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।