२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘सर्भिस रिभल्वर’बाट गोली चलेपछि…..



अ+ अ-

काठमाडौँ: काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आज गोली चल्दा दुईजना घाइते भएका छन् ।

डिउटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर प्रहरी निरीक्षक  श्रेष्ठका अङ्गरक्षक घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो । अङ्गरक्षकको खुट्टामा गोली लागेको छ । उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । दुवैजनाको अवस्था खतरामुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बताउनुभयो ।

नियतवस घटना भएको नभई केही लापरबाही देखिएको उल्लेख गर्दै एआइजी थापाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिइसकेको बताउनुभयो ।रासस