२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनसहित विमानस्थलमा समातिएका उप–प्रधानमन्त्री खड्काका भाइ केहीबेर नियन्त्रणपछि छुटे



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काका भाइ डमर खड्कालाई केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

भन्सार कार्यालयले विदेशबाट सुन ल्याएको भन्दै खड्कालाई नियन्त्रणमा लिएको हो । भन्सार स्रोतका अनुसार कतार एयरलाइन्सबाट बिहान सवा नौ बजे काठमाडौँ ओर्लिएका उनका साथमा अवैध सुन देखिएपछि भन्सारले नियन्त्रणमा लिएको थियो ।

केहीबेर नियन्त्रणमा राखेपछि माथिल्लो निकायबाट दबाब आएको भन्दै उनलाई ल्याएको सामान जफत गरी रिहा गरिएको थियो । भन्सार स्रोतका अनुसार पछि त्यो सामान समेत फिर्ता गरिएको थियो ।

खड्काले शरीरमा अस्वभाविक रुपमा गर–गहना पहिरिएर आएका थिए ।