१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अमेरिकी डलरसहित अन्य देशको भाउमा बृद्धि, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ बढ्नुको साथै अन्य केही देशको विनियमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८५ पैसा भएको हो । त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २९ पैसा तोकिएको छ।

आज एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५४ पैसा तोकिएको छ । शुक्रबारको तुलनामा बहराईन दिनारको भाउ बढेको हो । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १० पैसा तोकिएको छ । साथै मलेसिया रिंगिटको पनि बढेको छ। 

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १६ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकिएको छ । त्यस्तै जापानी यनको खरिददर ११ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०८ पैसा तोकिएको छ । कोरियन वन र जापानी यनको भने शुक्रबारको तुलनामा घटेको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । यो बढेको हो । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यी दुवै देशको पनि शुक्रबार भन्दा विनिमयदर बढेको छ ।