काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । सोमबार प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लगाएका हुन् ।
नेपाली सेनाका सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलले प्रधान सेनापति थापाले खोप लिएको तस्विकार राख्दै लेखेका छन्- प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कोभिड-१९ खोपको पहिलो डोज लिनु हुँदै । #COVID19Vaccine आफू जोगिऔं, अरुलाई पनि जोगाऔं !”