१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा



अ+ अ-

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ ।

प्रधानन्यायाधीश विश्वभरसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु्मा पठाएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले मुलुकका न्यायाधीश रमाकान्त अधिकारीलाई भने सिन्धुली ल्याएका छन् ।

न्यायाधीश आचार्यले गरेको आदेशप्रति प्रधानन्यायाधीश सन्तुष्ट नरहेको बताइएको छ । त्यही कारण उनले न्यायाधीशको सरुवा गरेको स्रोतको दाबी छ ।

त्यसो त न्यायाधीशहरुको सरुवा न्यायपरिषद्को बैठकबाट हुने गर्दछ । तर अहिले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सुदूरपश्चिमका जिल्लाको भ्रमणमा छन् । त्यहाँबाट फर्किएपछि बैठक बस्न ढिलाइ हुने भएकाले प्रधानन्यायाधीशले अहिले नै न्यायाधीशलाई पठाएका हुन् ।

आचार्य तिनै न्यायाधीश हुन् जो यसअघि उमेर नपुगेकी युवती बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अर्कै मुद्दाको ब्याख्या गरेर प्रहरी हिरासतबाट रिहा गराउन मार्ग प्रशस्त गरेका थिए ।