११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रदेश नं १ सरकारका पर्यटक भित्र्याउने योजना



अ+ अ-

विराटनगर । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना बनाएको छ । यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण एवं प्रवद्र्धन गर्न सरकारले एव वर्षअघि १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । यतिखेर देशमा कोरोना महामारीको कहर घटेको देखिएकाले प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको हो । 

प्रदेश नं १ का केही पर्यटकीयस्थलमा सोलुखुम्बुको गोक्यो ताल, इलामको माईपोखरी र सुनसरीको कोशी टप्पु आरक्षण क्षेत्रसहित १३ वटा स्थान परेका छन् । हुन त यस प्रदेशमा धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका अरू धेरै स्थान छन् तर सरकारले यी स्थानलाई पनि प्राथमिकतामा नै राखेर बिस्तारै अन्य स्थानको खोजी गरी विकास गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट गरिएका सिफारिसका आधारमा यी गन्तव्य स्थानको छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि छ सयभन्दा बढी स्थान प्रस्तावित भएकामा तीमध्ये कुन गन्तव्यलाई १०० वटाभित्र समेट्ने र तिनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न आधार तय गरिएको थियो ।

मन्त्रालयका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको पनि सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्न योग्य बनाइने छ । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई अब विशेषरुपमा विकास गर्ने तथा प्रचार गरेर संरक्षण गरिने सरकारको नीति छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाइएको थियो तर कोभिड–१९ का कारण नेपाल भ्रमण वर्ष सफल भएन । तर अब भने यी गन्तव्यहरुको राम्रो नीति तथा योजनाका साथ संरक्षण एवं प्रचारप्रसार गर्ने योजनामा प्रदेश सरकार रहेको देखिन्छ ।

यी पर्यटकीय गन्तव्यको विकासमा प्रदेश नं १ सरकारले निर्णय गरेकै वर्षबाट बजेट पनि निकासा गरिरहेको छ । यसका लागि सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गर्न रु ५० करोड विनियोजन गरेको थियो । अहिले सरकारले पर्यटन पूर्वाधार तथा पर्यटकीय उपजको उत्पादन र विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० वटा गन्तव्यस्थल छानिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानका आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २०० गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिकस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् । छानिएका गन्तव्यस्थलमध्ये इलामको देउमाई नगरपालिका पनि परेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावरसहित पार्क निर्माणका लागि बजेट विनियोजन भएको छ । 

सो आयोजनाका लागि रु एक करोड ४४ लाखको लागत अनुमान गरिएको छ । जसका लागि मन्त्रालयको लागत रु ९४ लाख र साझेदार लागत ५० लाख रुपैयाँ रहेको छ । आयोजनाका लागि सरकारले छ अर्ब ८० करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस योजना अन्तर्गत प्रदेश नं १ का १४ जिल्लामा २८ वटा त्यस्ता स्थानको पहिचान भई काम गर्ने सरकारको योजना छ ।

यसअन्तर्गत पहिलो नं मा मोरङको लेटाङ नगरपालिकाको राजारानी ताल संरक्षण र सौन्दर्यका लागि सरकारले रु चार करोड ४९ लाख र स्थानीय पालिकाले रु दुई करोड ४१ लाख साझेदारीमा खर्च गरी सो स्थानको उचित संरक्षण, सम्बद्र्धन र पर्यटकीयस्थल बनाउने योजना छ । एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्नेगरी स्थानीय तहले डिपिआर निर्माण गर्ने क्रममा रहेको बताइएको छ ।

दोस्रो सुन्दरहरैचा नगरपालिकाअन्तर्गत हसिना सिमसार संरक्षण तथा पार्क निर्माणमा सरकारले रु चार करोड ४५ लाख र स्थानीय पालिकाले रु दुई करोड ४५ लाख गरी कुल रु सात करोडको लागतमा तीन वर्ष भित्रमा यी स्थानहरुको विकास गर्ने र यसका लागि आवश्यक डिपिआर तयार भइरहेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो ।

तेस्रो नम्बरमा रहेको बेलबारी नगरपालिका अन्तर्गतको धनपालगढी पर्यटकीयस्थल यसका लागि पनि सरकारले रु चार करोड ५२ लाख र स्थानीय सरकारको रु दुई करोड ४२ लाख गरी रु छ करोड ९५ लाखको लागतमा दुई वर्ष भित्रमा धनपालगढीको निर्माण सकिने गरी योजना बनाइएको छ ।

धनपालगढी उचित विकास एवं बजेटको पर्खाइमा रहेको यो धार्मिक, पुरातात्विक दृष्टिले बेग्लै महत्व छ । निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयबासीको सहयोग लिएर घुम्न योग्य बनाउने यो स्थान विगत देखि नै ओझेलमा परेको र हाल सरकारको यो प्रयासले यी ठाउंँमा विकास हुने अनुमान स्थानीयबासीको छ । विराटनगरको उत्तरपूर्वमा पर्ने विगत कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपाल गढी भनेर आजसम्म चिनाइदैछ ।

यसलाई सेनवंशी राजाहरुभन्दा पूर्वका बंगालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आङ्कलन गरेका साहित्यकार दधिराज सुबेदीले बताउनु हुन्छ । हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक धनपाल राजाको दरवारको प्रचार हुने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेलाले धेरै हद्सम्म मद्दत गरेको छ ।

चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरवारको अवशेष बाँकी रहेको छ । धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजा धनपालको मन्दिरलाई विशेषगरी यहा“का थारु समुदायले पुज्ने गरेका छन् । यहा“ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास रह“दै आएको छ । 

विराटनगरबाट २१ किलोमिटर उत्तरपूर्वमा महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको धनपालगढीमा रहेको मन्दिरमा हात्तीमा चढेका राजा धनपालको मूर्ती र ठूला नौ वटा घण्टी चोरी भइसकेको छ ।

राजा धनपालको दरवारका केही इ“टा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रुपमा रहेको छ । स्थानीयबासी बुद्धिबिनोद गिरीका अनुसार, राजा धनपालकी छोरी फुलवादेवी असाध्यै राम्री र बलवान पनि रहेकोले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किंवदन्ती छ । भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारीस“ग कुस्तीमा पराजय भोगेपछि धनपालस“गै युद्ध गरेका थिए ।

धनपालस“ग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाममार्फत् दाह्री काट्ने निहु“ले धनपालको घा“टी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ । धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फुल पाइन्छ । चराचुरुङ्गी र वनस्पतीले गर्दा यस ठाउ“मा मौसममा दैनिक ५० समूहसम्म वनभोज खान आउने गर्छन् ।

हरेक वर्षको चैत महिनाको शनिबार यहाँको मन्दिरमा आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ले र एक शनिबार बोका र पाठी बलि दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रुपमा ग्रहण गर्ने चलनले निरन्तरता पाइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजनाअनुरुप सरकारले यसअघि सबै गन्तव्यका लागि रु ५० करोड बजेट विनियोजन गरेअनुसार धानपाल गढी निर्माण गर्न सङ्घीय सरकारले रु ५० लाख र प्रदेश नं १ सरकारले रु ५० लाख दिइसकेका छन् भने यस वर्ष प्रदेश सरकारले पुनः रु ४० लाख बजेट विनियोजन गरिसकेको बेलाबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

उहाँले धनपाल गढीमा अहिले रु दुई करोड भन्दाबढीको काम भइसकेको छ र यसलाई मूर्त रुप दिन सङ्घीय सरकारको साझेदारी कार्यक्रम अन्तर्गत रु पाँच करोडको योजना पेश गरेको जानकारी दिनुभयो । रकम प्राप्त हुनासाथ यसको दीर्घकालीन सोचको आधारमा विकास गर्ने, यसको सुन्दरता, संस्कृति, कला, मन्दिर, पुरातात्विक वस्तुहरुलाई सङ्ग्रहालयमा राख्ने पनि बताउनुभयो । अहिले यही गढीका लागि सरकारले रु चार करोड ५२ लाख गरेको बजेट विनियोजनबाट यसको रुप नै फेरिने तथा आन्तरिक र बाह्य पर्यटकका लागि रमाउने स्थान बन्ने विश्वास प्रमुख सुवेदीको छ ।

सुनसरीको इटहरीमा निजी स्तरबाट निर्माण गरिएको वाटर पार्कले यस क्षेत्रका धेरै पर्यटकहरुलाई आकर्षणको केन्द्र बनेको छ । आधुनिकता र विज्ञानसँगै निर्माण गरिएको पूर्व क्षेत्रको केन्द्र मनिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपी ल्यान्ड एन्ड वाटर पार्क’ को निर्माण कार्य सम्पन्न भएपछि आमनागरिकका लागि हिजोबाट सञ्चालनमा आएको छ ।

पूर्वप्रहरी अधिकृतहरु प्रहरी अतिरिक्त महानरिक्षक ९एआइजी० कृष्ण बस्नेत तथा प्रहरी नायब महानिरीक्षक ९डिआइजी० ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौँको ह्विपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण गरिएको छ ।

कूल रु ३० करोडको लागतमा छ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता रहेको छ । अघिल्लो चैत महिनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो ।

संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा । नेपालका मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन् । जसले गर्दा परिवारसँग रमाइलो गर्न, घुम्न उचित ठाउँको अभावलाई यो पार्कले पूरा गर्ने पार्क सञ्चालकले विश्वास लिएका छन् ।

यहाँ विभिन्न मनोरञ्जनात्मक खेलकूद गर्न पाइन्छ र दिनभरिमा पाँच हजार मानिसले यसमा मनोरञ्जन लिन सक्छन् । पार्कमा एकै पटक ६०० मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउने पार्क सञ्चालन समितिका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिनुभयो । यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसरलगायत लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिने अध्यक्ष पौडेलले बताउनुभयो ।

पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ । पार्कमा पहिलो स्नोपार्क केही समयपछि सञ्चालनमा आउने जानकारी दिँदै अध्यक्ष पौडेलले भन्नुभयो, “पार्कभित्र रेष्टुरेन्ट पनि रहेको छ ।” 

उहाँले भन्नुभयो, “फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि व्यवस्था भएकाले यसमा आउने आगन्तुकहरुले भरपुर मनोरञ्जन प्राप्त गर्न सक्छन् ।’’ प्रदेश नं १ को गौरव बोक्ने यो पार्कमा पहिलो चरणमा ६० जनाले रोजगार पाएका छन् ।

पार्कका अर्का सञ्चालक सदस्य एवं पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण बस्नेतले निजी स्तरमा निर्मित यस पार्क अन्तर्राष्ट्रियस्तरको रहेको र यसले स्वदेशी मात्र नभएर विदेशी नागरिकलाई पनि मनोरञ्जन दिनसक्ने बताउनुभयो । यो पार्क नेपालको एक उदाहरणीय रहेको पनि दाबी गर्नुभयो । यहाँ विद्यार्थीका लागि रु ६५० र अन्यका लागि रु ७५० प्रवेश शुल्क कायम गरिएको छ । रासस