
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शालीनदीको दर्शन गरेका छन् । अध्यक्ष ओली आइतबार पत्नी राधिका शाक्यसहित शालीनदी दर्शन गर्न पुगेका हुन् ।
साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।
माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।