२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तिलकप्रसाद लुइँटेलको शोकसभा सम्पन्न



अ+ अ-

काठमाडौं । चार वेदलगायत संस्कृतका दर्जनौं ग्रन्थका अनुवादक समाजसेवी तिलकप्रसाद लुइटेलको ४५ औँ पुण्यतिथि पारेर शोकसभा गरिएको छ । दण्डपाणि अज्र्यालस्मृति केन्द्र काठमाडौं तथा हेड्स नेपालको संयुक्त आयोजनामा जुम प्रबिधि मार्फत शोकसभा गरिएको हो ।

कार्यक्रम दण्डपाणि अज्र्याल स्मृति केन्द्र काठमाडौँका अध्यक्ष बरिष्ठ इ. ईश्वरचन्द्र बानियाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कूटनीतिज्ञ प्रा. डा. जयराज आचार्य, जयतु संस्कृतमका अध्यक्ष डा. बद्री पोख्रेल, हेडस नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, सुसेली साहित्यिक मञ्चका अध्यक्ष दुर्गा अधिकारी भ्रमरकोटे, दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रका कोष संस्थापक तथा साहित्यकारद्वय हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्याल, स्मृतिकेन्द्रका उपाध्यक्ष मदन थापाले स्व. लुइटेलको जीवनी, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा न्यूयोर्क अमेरिका निवासी वरिष्ठ कवि कोमलप्रसाद भट्टले स्वर्गीय तिलकप्रसाद लुईटेलमा समर्पित शोक कविता वाचन गर्नुभएको थियो। भर्जिनिया अमेरिका निवासी सामाजिक अभियन्ता परशुराम भण्डारी, विश्व रक्तदाताका रूपमा परिचित अर्जुन मैनालीलगायतले मन्तव्य राख्नु भएको थियो ।