१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छः पूर्वसभामुख सापकोटा



अ+ अ-

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताउनु भयो । उहाँले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताउनु भयो । उहाँले सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा ¥याडिकल रिफर्म गर्ने भन्नुभएको छ । त्यस अर्थमा पनि यो धेरै नै महत्वपूर्ण छ । परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरु र सबै परिवर्तन गरेर एउटा र्याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रम भंग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुर्याउँछ । चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यस अर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसावले, आर्थिक विकासबाट सिक्ने हिसावले पनि यो धेरै महत्वपूर्ण छ । हामीले नाकाहरु सुचारु गर्न, तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि धेरै मिहेनत गरेका छाँै ।’

पूर्वसभामुख सापकोटाले कुटनीतिक कौशलबाट सीमा सम्बन्धिका सबै समस्या समाधान गर्न सकिने बताउनु भयो ।