२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘अफ्रिकन स्वाइन फिभर’बाट तीस बङ्गुर मरे



फाईल फोटो
अ+ अ-

तनहुँ ।  ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् ।

उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बङ्गुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् ।  जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।

महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको उहाँको भनाइ थियोे । बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुङ्गुर ओसारपसार कार्य नगर्न सुझाब दिइएको छ”, प्राविधिक ठकुरीले भन्नुभयो, सुँगुर  तथा बङ्गुरबाट सुङ्गुर तथा बङ्गुरमै यो रोग सजिलै सर्छ तर मानिसमा सर्दैन ।”

संस्था दर्ता गरी व्यावसायिकरूपले काम गर्दै आएका किसानलाई महामारीले सताएपछि पडित किसानलाई पुन:स्थापना कार्यक्रमअन्र्तगत प्रतिबङ्गुर रु चार हजारका दरले सहयोग गरिने सो कार्यालयले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ ।

पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा राजेशकुमार चौधरीले बताउनुभयो । सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रवाहसमेत गरिँदै आएको उहाँको भनाइ थियो । उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले  सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ ।

उक्त रोगका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्छन् । रासस