१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जन्म मितिबाट थाहा पाउनुहोस् कति वर्षदेखि चम्कन्छ तपाईको भाग्य !



अ+ अ-

काठमाडौं । न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाईको भाग्योदय कुन वर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाईको जन्म मिति थाहा हुनुपर्छ, जसको माध्यमबाट तपाइको मूलांक (मुख्य अंक) निकाल्न सकिन्छ ।

कसरी थाहा पाउने बर्थ नम्बर ?

यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर ५ हुन्छ । यसैगरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ ।   

बर्थ नम्बर अनुसार भाग्य सुरु हुने वर्ष :
१) बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ । 

२) बर्थ नम्बर २ हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।

३) बर्थ नम्बर ३ हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।  

४) बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।

५) बर्थ नम्बर ५ हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।

६) बर्थ नम्बर ६ हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ । 

७) बर्थ नम्बर ७ हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन ।

८) बर्थ नम्बर ८ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।

९) बर्थ नम्बर ९ हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ ।  (एजेन्सीको सहयोगमा)