७ चैत्र २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते



अ+ अ-

स्टकहोम ।  स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ । 

बिहीबार बिहान प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा सात व्यक्ति घाइते भएको जनाउँदै तर विस्तृत विवरण भने दिइएको छैन ।

बीस वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पु¥याएको छ । बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो । 

एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ । प्रहरीले शुरुमा उक्त घटनालाई हत्या प्रयासको संज्ञा दिँदै शंकास्पद आतंकवादी अपराधका रुपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । 

स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

आत्रमmणकारी स्थानीय व्यक्ति रहेका र विगतमा पनि सानातिना अपराधका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्ने बारेमा केही खुलाएको छैन ।

स्वेडीस प्रधानमन्त्री स्टेफान लफभेनले उक्त आक्रमणको घटनाको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

पछिल्ला वर्षहरुमा स्वीडेनमा आतंकवादी आक्रमणका घटना दोहोरिन थालेका छन् । सन् २०१० डिसेम्बरमा राजधानी स्टकहोममा एक व्यक्तिलाई आत्मघाती बम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । 

सन् २०१७ को अप्रिलमा एकजना उज्बेक नागरिकले ट्रक चोरी गरेर मानिसको भिडमा कुदाएका थिए । त्यस घटनामा पाँच जनाको ज्यान गएको थियो । उनी अहिले आजीवन कारावासको सजाय भोगिरहेका छन् ।