![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2023/03/shyam.jpg)
काठमाडौँ । सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाई पाएका छन् ।
विशेष अदालतले मिटरब्याजीका रुपमा परिचित परदेशीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित सफाई दिएको हो ।
उनीमाथि २०७९ साउन २० मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
सर्लाहीमा मात्रै करिब ३ सय परिवारलाई ऋण दिएको आरोप लागेका उनीमाथि एक करोड ५३ लाख रुपैयाँ विगो माग दाबी थियो ।