१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो ।