
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
वडा कार्यालयले खेलकुद पार्क बनाउन लागेको सार्वजनिक जग्गामा रहेका अस्थायी घर टहरा भत्काएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
अनधिृकत रुपमा सार्वजनिक जग्गा बर्षौदेखि हडपेर भाडामा समेत लगाएको पाईएको उपरीक्षक अर्यालले बताए । महानगरले उक्त स्थानको १४ वटा टहरा भत्काइरहेको उनले बताए ।
काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।