काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगारमा पुगेका छन् । शुक्रवार सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसंगै सार्वजनिक भएका महासचिव विप्लव हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेट्न नख्खु कारगार पुगेका हुन् ।
सरकारसंग भएको सहमति अनुसार आईतबार विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।
उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । ओली २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका हुन् ।
उनलाई एनसेल कार्यालय नख्खुको गेटमा बम विस्फोट गराएको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।