२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । आइतबारको दिन अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १२ पैसा भएको हो । 

त्यसैगरी, आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७० पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३९पैसा तोकिएको छ । 

आज एक बहराईन दिनारको खरिददर ३ सय ०८ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५४ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७९ पैसा तोकिएको छ । 

आइतबार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा तोकिएको छ ।