१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दरबार हत्या काण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याइ बोल्नुभयो: अध्यक्ष नेपाल



अ+ अ-

जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुसष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

जनकपुरमा बिहीवार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले विचार नपुर्‍याई भनेको बताउनु भयो । उहाँले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताउनु भयो ।

उहाँले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोईरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उहाँले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्नेकुरा गरेको भन्दै आपत्ति जानाउनु भयो । दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उहाँसँग बुझ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ । त्यतिखेर मेरो नाम आएको थियो । तपाईहरुले बिर्सिनुभएको छैन होला । मैले के राखेको थिएँ भन्दा म भनेको कम्युनिष्ट पार्टीको नेता हो । म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमना बस्नुपर्छ । गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने अनि नेपाली काँग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो । त्यसैले मैले अरुले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो । होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरतमोहन अधिकारीलाई राख्नुस् । उहाँ कानूनको ज्ञाता पनि हो । भनेर मैले प्रश्ताव राखेको थिएँ । त्यो कुरा सुन्नमा आएको थिएन । तर यो पनि सत्य हो, त्यो आयोग बनाउन मेरो नै भुमिका हो । त्यो बेलाको तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए । म आफैँ गर्छु छानबिन भनेका थिए । तपाईको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए मलाई पनि जोडिदिए । राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्‍यो । कति सबै ल्याउन सक्यो । सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु भन्नु हुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ । वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ । तीर त्यतै सोजिन्छ । ओलीजी अलि पछि गृहमन्त्री भइ प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ की उहाँलाई सोध्नुपर्ला ।’

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल