१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभाको चुनावबारे समीक्षा हुने



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक बोलाउनुभएको छ ।

राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्रीले आज अपरान्ह ४ बजेका लागि गठबन्धनको डाक्नुभएको हो ।

स्रोतका अनुसार सो बैठकमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको (राष्ट्रिय जनमोर्चा)लाई पनि बोलाइएको बताइएको छ ।

सत्ता गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने जनाइएको छ ।

साथै, कोशी प्रदेशको बारेमा समेत बैठकमा विशेष समिक्षा हुने बताइएको छ ।

कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् ।