काठमाडौं । हाम्रो जिबनमा मोबाइलको महत्त्व सबै भन्दा उच्च स्थानमा रहेको छ । आजभोली मोबाइल नबोक्ने कोही मानिस हुन्न । कसैलाई एकदिनको लागि मोबाइल नबोक भन्दा उसको लागि सबै भन्दा ठुलो सजाय हुनसक्छ । तर मोबाइलको कारणले हामीले नजिकको व्यक्ति वा कुनै पनि वस्तुलाई टाढा बनाएर टाढा भएकोलाई भने नजिक बनाएको स्थिति छ ।
यो दुरीलाई सुधार गर्नको लागि हामीले केही आफ्नो आदत वा बानीलाई बदल्न जरुरी छ । केही दैनिक आदतलाई बदल्नको लागि हामीले यसमा आज चर्चा गरेका छौं ।
- आफु सुत्ने नजिकै मोबाइल फोन नराख्नुस्
- अलार्म सेट गर्दा मोबाइलमा नराखेर घडिमा राख्नुस्
- पढ्ने, काम गर्ने र खाना खाने समयमा मोबाइल नजिक नराख्नुस्
- नजिकका साथीहरुसँगे च्याटमा कुरा गर्नु भन्दा भेटेर कुरा गर्ने वातावरण मिलाउनुस्
- हातमा घडि बाध्ने गर्नुहोस् ताकी समय हेर्नको लागि मोबाइलको आवश्यकता नपरोस्
- एप र गेमको एपहरु धेरै नराख्नुहोस्
- आफ्नो कामलाई उच्च प्राथमिक्ता दिनुहोस्
- विभिन्न कलाहरु सिक्नुहोस्, साहित्य लेख्नुहोस्
- मोबाइल ओपन गर्नको लागि लामो र गाह्रो पासर्वोड राख्नुहोस्
- महत्वपूर्ण फोन आउने समय भन्दा बाहेक अरुबेला फोन साइलेन्टमा राख्नुहोस्
- आफ्नो मनमा लागेका कुराहरु नजिकको व्यक्तिलाई शेयर गर्नुहोस् वा डायरी बनाएर त्यसमा पोख्नुहोस्
- पाठ्यक्रम भन्दा बाहिरको किताबहरु पढ्ने बानी बसाल्नुहोस्
- आफु वरिपरीका व्यक्तिहरुसँग बोल्ने र घुलमिल हुने बानीको विकास गर्नुहोस्
- सकेसम्म मोबाइललाई हातमा नराख्नुहोस्, ब्यागमा, पर्समा अथवा आफ्नो पकेटमा राख्ने गर्नुहोस्
- बिना कारण मोबाइल चलाउन मन लागे आखा चिम्लेर लामो सास फेर्नुहोस् (एजेन्सीको सहयोगमा)