काठमाडौँ । प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’ पाठकमाझ आएको छ । दर्शनलाई आख्यानको स्वरूपमा ढालिएको उक्त उपन्यास रोचक शैलीमा लेखिएको छ ।
‘अद्वैत’ बारे उपन्यासकार गौतमले भनेका छन्, ‘एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गथ्र्यो । प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने । मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।’
नेपाली साहित्यमा समालोचकका रूपमा प्रसिद्ध गौतमका थुप्रै समालोचनाकृतिका साथै ‘स्वर्णबिम्ब’, ‘नाच’ र ‘रानीवन’ आख्यान प्रकाशित छन् । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ६७५ रुपैयाँ रहेको छ ।