१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जापानमा मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल



अ+ अ-

टोकियो ।जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।

सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका लागि ४५ वर्षीय शिन्जी आओबालाई दोषी ठहर गरिएको छ ।

उहाँका वकिलले आहोबा मानसिक रोगी भएको र घटनामा दोषी ठहराउनु जापानको कानुन अनुसार गलत हुने दावी गर्दै फैसलाविरूद्ध निवेदन दिएका छन् ।

क्योटो जिल्ला अदालतका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार उहाँको प्रतिरक्षा टोलीले उक्त फैसलाविरुद्ध अपिल गरेको हो ।

कानूनमा मृत्युदण्डको सजायको प्रावधान राख्ने केही विकसित ९जी–७० मुलुकहरूमध्ये जापान एक हो यसको लागि जन समर्थन उच्च छ । जापानमा गतबर्षको डिसेम्बरसम्म १०७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०१९ को जुलाईमा भएको आगलागीमा परी ज्यान गुमाउनेमा २१ वर्षीया एक महिलासहित अधिकांश युवा थिए ।

आओबा बिहान भवनभित्र पसेर भुइँतल्लामा पेट्रोल छर्केर आगो बालेर ‘ड्रप डेड’ भनेर चिच्याएको बाँचेकाहरूले बताएका छन् ।

फैसलामा न्यायाधीशले भनेका छन्, “मानिसहरुलाई अपमानित गर्नु वास्तवमै क्रूर र अमानवीय हो ।”

आगजनीका कारण आओबाको आफ्नो शरीरको ९० प्रतिशत भाग जलेको थियो र आगो लागेको केही हप्तापछि मात्र होशमा आएका थिए भने पछि उनी बोल्न सक्ने भएका थिए ।

घटनामा ३६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए भने अग्निनियन्त्रकहरूले घटनालाई ‘अकल्पनीय’ भनेका थिए र भित्र फसेका मानिसहरूको उद्धार गर्न ‘अत्यन्त कठिन’ भएको बताएका थिए ।