११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रश्न उठ्दा आँखा जुधाएर सामना गरौं ,तलबी सेना अफ बिटमा ननचाऔं: रवि लामिछाने



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै देश बन्ने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने ‘सर्वदलिय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुने जनाउनु भएको छ ।

उहाँले संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुने जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने “सर्वदलिय सहमति” गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले “सर्वदलीय प्रतिवद्द्ता” गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ।

त्यसपछी मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं ,तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं।

ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।

स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ।  अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले?? ८४ मा।

हैट, चौराआआआआआसिमा?????!!!!!