
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा डिपोजिट गरेको बारे ग्लोबल आइएमई बैंकले ईन्कार गरेको छ ।
मिडीयाले ग्लोबल आइएमई बैंकको ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार लेखेका थिए । यस विषयमा प्रष्टीकरण दिन आज रविले पत्रकार सम्मेलन गर्दै ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका छन् ।
सार्वजनिक पत्रमा लेखिएको छ, ‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ‘। मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’