२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालबाट ६ महिनामा साढे १ अर्बको ‘डग च्यू’ निर्यात



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको कुकुरको आहारा ‘डग च्यू’ निर्यात गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को साउन देखि पसु मसान्तसम्ममा नेपालले २२ राष्ट्रहरुमा १ अर्ब ४१ करोड २९ लाख २६ हजार ‘डग च्यू’ निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

‘डग च्यू’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्चिमा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारकारुपमा गरिन्छ । नेपालले अमेरिका, क्यानडा, बेलायत, जापान, हंकङ, ताईवान, सिंगापुर, नेदरल्याण्ड्स, ग्रिस, मलेसिया, दुबई, थाइल्याण्ड, फिलिपन्स, चाईना, फ्रान्स, न्युजल्याण्ड, कतार र इटाली लगायत २२ राष्ट्रहरुमा ‘डग च्यू’ पठाउने गरेको छ ।

विभागको तथ्यांकअनुसार  चालू आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्म आइपुग्दा नेपालले ७ लाख ९ हजार केजी ‘डग च्यू’ को निर्यात गरि १ अर्ब ४१ करोड २९ लाख २६ हजार रुपैयाँ भित्र्याएको छ ।